मोडल/नायिका :शशी खड्का
समुद्रपारि डट कम सम्वाददाता
२ सेप्टेम्बर, ०१० । दाङको देउखुरीमा एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । लालमटिया गाबिस वडा नं ८ मसुरीया निवासी १४ बर्षकी एक बालिका माथि सोही ठाउँका जेलर उपनाम गरेका २० बषिर्य सुवाश चौधरी , १८ बर्षका अनिल घर्ति, सन्दिप चौधरी र रबिन जीसीले ती बालिकालाई बलात्कार गरेको ईलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।
बिभिन्न प्रलोभन देखाएर लालमटियाकै एक घरमा बलात्कार गईरहेको समयमा जेलर उपनाम गरेका सुवाश चौधरीलाई प्रहरीले आफनो नियन्त्रण लिएको छ भने अन्य तीन जना फरार रहेका छन् । उनीहरुको खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।
दीपक दाहाल, काठमाडौं, भदौ १७ – रौतहट, पिपराका घनश्याम साहले छात्रवृत्ति परीक्षामा ८६ प्रतिशत भन्दा बढी अंक ल्याए। तर, चाहेको कलेज सेन्ट जेभियर्स पढ्न पाएनन्। उच्च माध्यमिक शिक्षा परिषद्को छात्रवृत्ति कोटामा जेभियर्समै ८१ प्रतिशत ल्याएका विद्यार्थीले भने भर्ना पाए।घनश्याम अहिले आफ्नै खर्चमा कुपण्डोलस्थित एडभान्स कलेज पढिरहेका छन्। चाहेको कलेज पढ्न नपाउनुको एउटै कारण थियो- सरकारी स्कुलबाट एसएलसी गर्नु। (more…)
काठमाडौं। समाजका लागि सुयोग्य सन्तति उत्पादन गर्ने शिक्षालयभित्र के–के हुन्छ?
पढाइन्छ र पढिन्छ? तर, कुनै(कुनै शिक्षालयमा त्यत्ति मात्र नहुँदोरहेछ। गुरुले चेली ताक्ने, चेलीले गुरुहरू फँसाउनेसम्मका हर्कत हुँदा रहेछन्। यस्तै भएको छ, शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा।
कलेजमा उमेर र मन मिलेका ठिटाठिटीबीच प्रेम(बिछोडका कुरा नौला हुँदैनन्, तर गुरुचेलीको प्रेममा लफडा भएपछि बानेश्वर क्याम्पसभरि चर्चाको विषय बनेको छ। र, क्याम्पसबाट सुरु भएको गुरु(चेलीको यो प्रेम अन्ततः महानगरीय प्रहरी परिसर, हनुमानढोकामा पुगेर सल्टिएको छ।
बानेश्वर क्याम्पसमा विगत चार वर्षदेखि अर्थशास्त्र पढाउँदै आएका चितवन निवासी घनश्याम (रमेश) दवाडी र सोही क्याम्पसमा स्नातकतह प्रथम वर्षमा अध्ययनरत काभ्रेकी निमा सापकोटा (नाम परिवर्तन) बीच राम्रो हिमचिम थियो। ३९ वर्षका गुरु घनश्यामले २२ ननाघेकी निमासँग जीवन बिताउने कसम खाएका थिए। उमेर छिप्पिएका गुरुको यस्तो प्रस्ताव निमाले लामो समय स्वीकार गरिनन्। तर, उनीहरूबीच जीवन बिताउने टुंगो नलाग्दै शारीरिक सम्पर्क भयो। यही सम्पर्कका कारण निमा दुई जिउकी भइन्। घनश्याम पहिल्यै विवाहित थिए। उनको पाँच वर्षका छोरा पनि छन्। निमाको गर्भमा बसेको सन्तान जन्मिए सामाजिक रूपमा पनि समस्या पर्ने कारण गुरु घनश्यामले विभिन्न किसिमका प्रलोभन दिएर दुई महिनाको गर्भपतन गराए। त्यसवेला गुरु घनश्यामको वाचा थियो, ‘तिमी र मैले जिन्दगी सँगै बिताउने हो। हामी लोग्ने(स्वास्नी नै हौँ। तर, अहिल्यै बच्चा जन्माउँदा मलाई भन्दा तिमीलाई धेरै समस्या पर्छ। किनभने, तिमीसँग सिंगो भविष्य बनाउने अभिभारा छ। पढाइ बिग्रन्छ। परिवारमा पनि गाह्रो, क्याम्पसमा पनि गाह्रो। साथीभाइलाई पनि के भन्ने?’ गुरुको कुरामा निमा राजी भइन्। र, गर्भपतन भयो। गर्भपतनअघि र पछि पनि उनीहरू नयाँबानेश्वरमा एउटै कोठामा बस्थे। गुरु घनश्यामले निमाको गलामा पोते पहिराएर पत्नी सकारेका थिए। तर, केही समयदेखि गुरु हराए। निमाका बुबा काभ्रेका व्यापारी हुन्। यो कुरा निमाले माइतमा सुनाइन्। यसपछि माइतका मान्छेले ‘छोरी बिगार्ने गुरु’ को खोजी सुरु गरे। मोबाइलमा कहिलेकाहीँ सम्पर्क गर्दा गुरु घनश्यामले निमाको गर्भपतन गराएको सन्तान आफ्नो होइन पनि भने। घनश्यामको बचावमा लागेका थिए, सोही क्याम्पसमा समाजशास्त्रका प्राध्यापक चिन्तामणि पोखरेल।
चिन्तामणिले घनश्यामको बचाव गर्ने, तर घनश्यामले निमालाई पत्नी नसकार्ने। यसबाट बेपत्ता भएका घनश्यामलाई नभई निमाको पक्षले चिन्तामणिको नियतमाथि शंका गर्न थाल्यो। निमाले प्रहरीलाई भनेकी थिइन्, ‘घनश्याम सरलाई चिन्तामणि सरले तीन लाख दिएमा कुरा मिल्छ भन्नुभएको थियो। त्यसैले त्यो पैसाका लागि चिन्तामणि सरले घनश्याम सरलाई लुकाउनुभएको छ।’ यसबीच, निमा र चिन्तामणिबीच पटक(पटक एसएमएम संवाद पनि चल्यो। आइतबार प्रहरीले निमालाई आफ्नो कुरा राख्न कार्यालयमै बोलायो। प्रहरीकोमा पनि निमाले त्यही भनिन्, ‘तीन लाखका लागि चिन्तामणि सरले घनश्याम सरलाई लुकाउनुभएको हुनसक्छ।’ यसपछि प्रहरीले चिन्तामणिलाई पनि बोलायो। दुवै कार्यालयमा आए। तर, यति गर्दा पनि घनश्याम फेला परेनन्। प्रहरीले अनुसन्धान गर्न मनासिव मान्यो र दुवैलाई रातभर हिरासतमा राख्यो। भोलिपल्ट बिहान बल्ल घनश्याम हनुमानढोका पुगे। अनि, छलफल भयो। घनश्याम पूर्वविवाहित भएका कारण अलग(अलग बसौँ भन्ने चाहन्थे। तर, कुरा हनुमानढोकासम्म पुगेपछि इज्जतका लागि पनि मिल्नुको विकल्प उनले देखेनन्। मंगलबार दिउँसो २ बजे निमा, घनश्याम र चिन्तामणिले ‘व्यक्तिगत मामिला हामी नै सल्टाउँला, यहाँबाट छुटकारा पाऊँ’ भनेपछि प्रहरीले आइन्दा कुनै विवाद, झैझगडा नगर्ने कागज गराएर सबैलाई बिदा गरेको छ।
बीचमा हराएका घनश्यामले आफू नुवाकोटस्थित बट्टार क्याम्पसमा पर्यवेक्षक प्राध्यापकका रूपमा अध्यापन गर्न गएको प्रहरीलाई बताएका थिए। यस्तो कुरा कलेजभरि चर्चाको विषय बनेपछि हिजो मंगलबारसम्म निमा कलेज गएकी छैनन्। उनीहरू डेरा बस्दै आएको कुमारी क्लब चोकस्थित कम्युनिकेसन पसलमाथिको कोठाबाट घरबेटीले निकालिदिएका छन्। यतिवेला निमा माइतको शरणमा छिन्। घनश्याम आरआर क्याम्पसका पनि आंशिक प्राध्यापक हुन्। आंशिक प्राध्यापकको आन्दोलनताका संकलित रकममध्ये घनश्याममाथि दुई लाख हिनामिनाको आरोप पनि लागेको थियो।
जनआस्था साप्ताहि
धरान, भाद्र १५ – धरानका पत्रकार लिलानाथ घिमिरेमाथि कुटपिट गर्ने दोषिहरुको किटानी जाहेरी नलिई कानुन विपरीत प्रहरीले मुद्धा अघि बढाएको भन्दै पुनरावेदन अदालत बिराटनगरले वहसपछि मंगलबार रोक्न अन्तरिम आदेश जारी गरेको छ । (more…)
काठमाडौ, भाद्र १५ – विशाल बजार कम्पनीले चार दशकदेखि सित्तैमा उपभोग गर्दै आएको अर्बौं मूल्यको जग्गाको आम्दानी बल्ल सरकारले पाउने भएको छ । राजधानीको मुटु मानिने न्युरोडस्थित विशाल बजार कम्पनीको ८ रोपनी ४ आना जग्गा सरकारको भएको भन्दै तदनुसार सेयर आपसमा बाँडफाँड गर्न सर्वोच्चले सोमबार सरकार र कम्पनीका नाममा परमादेश जारी गरेको छ । (more…)
विनिता दाहाल, काठमाडौं, भदौं १५- प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै घुस लिएको आरोपमा पक्राउ परेका एमाले सांसद डोलबहादुर कार्कीलाई २० दिन थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ। मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयानका लागि विशेष अदालत समक्ष कार्कीलाई उपस्थित गराएको थियो। (more…)
नयाँ दिल्ली, भाद्र १४ – नेपालसँगको सीमानामा नेपाली एफएम रेडियोहरु सुनिएकोप्रति असन्तुष्ट बनेको भारतले अब आफै सीमानामा एफएम रेडियो खोलेर नेपाली रेडियो तरङ्गलाई चुनौती दिने भएको छ । नेपालसँगको सीमानाका तीन विहारी जिल्लाहरु बेतिया, मोतिहारी र मधुवनीमा शक्तिशाली प्रसारण क्षमताका एफएम स्टेशनहरु खोल्ने प्रस्तावलाई भारत सरकारले गत साता स्विकृत गरेको दिल्लीबाट निस्कने दैनिक हिन्दुस्तान टाइम्सले सोमबार उल्लेख गरेको छ । (more…)
भक्तपुरको बोडे गाउमा मनाइने देउता जात्रामा गणेशको रुपधारण गरेको देउतालाई ढोग्दै यी महिला।फोटो सभार :नेपालजापनडट्कम्