तालामाराङ ग्रामीण सडक सुधारका लागी बिनयोजित रकम हिनामिना

सिन्धुपाल्चोक !
गाउँ विकास समिति तालामाराङमा ग्रामीण सडक सुधारका लागी विनियोजित रकम हिनामिना गाउँ विकास समिति तालामाराङ को आर्थिक वर्ष२०६९,०७० को ग्रामीण सडक सुधारका लागी विनियोजित रकम मध्ये करिब १ लाख रकम गाउँ स्तरीय सडक उपभोक्ता समितिले सम्बन्धित क्षेत्रमा खर्च नगरी आफु खुसी हिनामिना गरेको खुलासा भएको छ । गत वर्षगा.वि.स.का हरेक सडक का उपभोक्ता समितिहरुको संयुक्त भेलाले नानीबहादुर देउजाको अध्यक्षतामामा एउटै मूल उपभोक्ता समिति गठन गरेको थियो । उक्त समितिले सामान्य डोजर ल्˜गाएर सामान्य ममर्त गरे पनि तत्कालिन समयमा गा.वि.स.को रकम निकाशा नभएकोले सापटी लिई काम गरेको थियो ।

हाल गा.वि.स.बाट सबै निकाशा लिएर पनि गाउँलेहरुको करिब १ लाख रकम अझै पनि भुक्तान गरिएको छैन । तर उक्त रकम भने गत आषाढमा नै प्रक्रिया अनुसार निकासा दिइसकेको गा.वि.स.सचिब गणेश प्रसाद तिमल्सिीनाले बताउनुभयो ।

 

 

Leave a comment

Your email address will not be published.

*



9 × = eighteen