गुम्वा र गुन्सामा माध्यामिक विद्यालय छैन

 

सिन्धुपाल्चोक!

जिल्लाका दुई गाविसमा अहिलेसम्म पनि माध्यामिक विद्यालय स्थापना हुन सकेको छैन । माध्यामिक विद्यालय नहुने गाविसहरुमा गुम्वा र गुन्सा रहेका छन् ।

जिल्ला शिक्षा कार्यालयले उक्त गाविसमा मावि स्थापना हुन नसक्नुमा स्थानियको कमजोरीको रुपमा हेरेको छ । जिल्लाका अन्य ७७ गाविसमा हालसम्म एक सय ३० वटा मावि रहेको जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले बताएका छन् ।  मावि सम्मको पठनपाठनको व्यवस्था नहुदा सम्वन्धीत गाविसको वालबालीका घण्टौ हिडेर छिमेकी गाविससम्म धाउन बाध्य छन् ।

कार्यालयका अनुसार जिल्लामा तिन सय ५२ वाल विकास केन्द्र, प्रावि तिन सय ४६, निमावि ९२ र मावि एक सय ३० वटा रहेका छन् । मावि भित्रनै उमावि भने ५२ रहेको छ भने संस्थागत विद्यालय भने ३३ रहेको छ।

 

Leave a comment

Your email address will not be published.

*



six + 4 =