पाल्चोकमा रेन्वो ट्राउट माछा पालन

पाल्चोक गाविस बडा नं ४ स्थित पाल्चोक बेसीमा ३ जनाको सहभागीतामा रेन्वो ट्राउट माछा पालन गरिएको छ । चार वर्ष अगाडी मत्छे अनुसन्धान केन्द्र गोदावरीबाट फर्म संचालन मध्यका रामबहादुर खड्काले माउ माछा ल्याई आफैले भुरा उत्पादन गरी माछा पालन व्यवसाय थालेको थिए ।

माछा व्यवसाय राम्रो संग फस्टाउन थालेपछि राजु खड्का र युवराज खड्का ले पनी व्यवसाय थालेका हुन। मेलम्ची खोलाको किनारमा पालिएको रेन्वो ट्राउट किन्ने र हेर्नेको लहर दैनिक जस्तो बढिरहेको संचालक राजु खड्काले बताए । प्रतिव्यक्ति १२ लाख रुपैया लगानी गरेको उनीहरुको अघिल्लो वर्षमा नै लगानी उठिसकेको बताए । २४ सै घण्टा पहरा दिएर असाध्यै ध्यान पुर्याउन पर्ने उक्त ट्राउट पालन जोखिम पूर्ण भए पनि प्रति केजी ९०० देखी ९६० सम्म विक्री हुने गरेको खड्का बताउँछन ।

स्वास्थ्यको लागि असाध्यै उपयोगी मानिने उक्त माछा व्यवसाय विस्तारै जिल्लाका थुप्रै ठाँउहरुमा सुरुवात भइरहेको छ । आर्थिक रुपमा राम्रो आम्दानी हुने रेन्बो ट्राउट व्यवसायको लागि भने राज्यले खासै योजना नबनाएको प्रति व्यवसायी दुःखी छन् । उसो त मेलम्ची खोलाका किनारहरुमा रेन्वो ट्राउट ब्यवसाय थालेका व्यवसायीहरुलाई मेलम्ची खानेपानी आयोजना सम्पन्न हुदा मेलम्चीमा पानीको सतह घट्ने हुदा व्यवसाय कतै प्रभावित त हुने होइन भन्ने चिन्ताले सताएको देखिन्छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ ।

Leave a comment

Your email address will not be published.

*



+ 8 = eleven