कृषिमा आत्मनिर्भर बन्दै सिन्धुपाल्चोक

कृषिबाट ३ अर्ब  १४ करोड आम्दानी गर्न सफल

चौतारा
जिल्लाका कृषकहरुले आर्थिक बर्ष २०६८÷०६९ मा आफ्नो ब्यवसायबाट ३ अर्ब १४ करोड आम्दानी गर्न सफल सफल भएका छन् । जिल्ला विकास समितिले गरेको आ.व. २०६९÷०७० को बार्षिक जिलला विकास योजना समिक्षा बैठकमा  कृषि विकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत ईश्वरिप्रसाद पाण्डेले सो कुरा बताएका हुन् ।किसानहरुले प्लाष्टीक टनेलमा ११ मेट्रिक टन बेमौसमी तरकारी उत्पादन गरि ५ लाख कमाउन सफल एका छन् । जिल्लामा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ भने यसको बिक्री वितरणबाट ३९ करोड १० लाख आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत पाण्डेले बताए ।उनका अनुसार जेठल गाविसका किसानले यसबर्ष ९०० मेट्रिक टन आलु निर्यात गरी एक करोड ४० लाख आम्दानी गर्न सफल भएका छन् ।

५ हजार ५ सय २० मेट्रिक टन लप्सी उत्पादन गरी विक्रीवितरणबाट ३ करोड आम्दानी गर्न जिल्लाका किसान सफल भएका छन् । लप्सी खेर गएका पाखो र कम मेहनतमा नै उत्पादन हुन्छ । मुख्य गरि लप्सी भक्तपुरको साँगामा निर्यात हुने गरेको छ । किसानहरुले ४ मेट्रिक टन अलैचि उत्पादन गरी ४० लाख आम्दानी गर्न सफल भएका छन् ।

त्यस्तै ९ वटा सहकार िवाट उत्पादित अर्गानिक कफी बिक्रीबाट ४४ लाख ४० हजार आम्दानी गर्न सफल भएका छन् । आर्गानिक कफी खेतिमा दुई हजार एक सय ५० कृषक संलग्न रहेका छन् । पछिल्लो समय जिल्लाको पाल्चोक , तातोपानी, हैबुङ, ग्याल्थुम र हेलम्बुमा ब्यवसायिक रेन्बोट्राउट माछापालन शुरु गरिएको छ । यसबाट किसानले एक करोड ७८ लाख आम्दानी गर्न सफल भउका छन् ।

विभिन्न जातका विउ उत्त्पादनबाट किसानहरुले २४ लाख आम्दानी गरेका छन् ।किसानहरुले मकैको विउ २८ मेट्रिकटन  उत्पादन गरि १२ लाख, ५ मेट्रिक टन धानको बिउबाट तिन लाख र २५ मेट्रिक टन गहुको बिउ उत्पादनबाट ९ लाख आम्दानी गरेका छन् ।

सरकारले एक जिल्ला एक उत्पादन निति अनुसार जिल्लामा सुन्तला खेतिको लागी सिफारिस गरेको भनाई राख्दै पाण्डेले सिन्धुपाल्चोकमा सुन्तला खेतिको समभाबना नै नरहेको बताए । उनले सुन्तला खेतिको लागी सिन्धुली हुनुपनेृमा सिन्धुपाल्चोक भएको बताउदै जिललामा हावापनीका हिसाबले र सुन्तला भन्दा अन्य उत्पादनको सम्भाबना भएको बताए ।

स्याउखेतिमा दुख नगरौ–पाण्डे

कृषि विकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत ईश्वरिप्रसाद पाण्डेले जिल्लाको कुनै पनि ठाउमा स्याउ उत्पादन गर्न सकिने बताएका छन् ।

अलि–अलि स्याउ उत्पादन भएपनि त्यसको खासै महत्व हुन सकेको छैन ।हावापनीको आधार मान्ने हो भने जिल्लाको कुने पनि ठाउमा स्याउउत्पादन हुन नसक्ने पाण्डेले बताए ।

समिक्षा बेठकको क्रममा आफ्नो प्रतुतिको क्रममा पाण्डेले भने स्याउ फल्न ४÷५ महिना जमिन पुरिनुर्ने , पानी कम पर्नुपर्ने त्यही अनुसारको माटो हुनुपर्ने  हुन्छ तर स्याउको लागि जिल्लामा माटो सुहाउने छैन ।जिल्लामा स्याउ खेति गर्ने कुरा धेरै चर्चामा आउने गरेपनि उन्नत स्याउ जिललामा हुनै नसक्ने पाण्डेको तर्क छ ।

Leave a comment

Your email address will not be published.

*



× 4 = twenty