अध्यापन अनुमति पत्र लिन जिल्ला शिक्षा कार्यालयमा ९ सय ९२ आवेदन

photo-2यसपाली खुलेको अध्यापन अनुमति पत्र लिन  जिल्ला शिक्षा कार्यालयमा ९ सय ९२ ले आवेदन दिएका छन् । आवेदन दिनेमध्ये ८ सय दुई निमावि र एक सय ९० मावि रहेका छन् । शिक्षा विषय लिएर पढेकाको लागि आह्वान गरिएको निमावि र मावि तहको शिक्षक अनुमतिपत्रका लागि आवेदन दिनेहरु अझै बाँकी रहेको जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले वताए ।

बढ्दो बेरोजगारी र शिक्षक बन्ने उत्साहका कारण अनुमतिपत्र फाराम भर्नेको भीड लागेको आवेदकले बताएका छन् ।

अन्य सामान्य पेशामा रहेका व्यक्तिहरुपनी शिक्षक बन्न लाइसेन्सको फाराम भरेका छन् । जिल्लामा क्रियाशिल एनजिओ तथा आइएनजीओमा कार्यरत कर्मचारी, सञ्चारकर्मी लगायतले समेत शिक्षक अध्यापन अनुमति पत्रका लागि फाराम पेश गरेका छन् ।

Leave a comment

Your email address will not be published.

*



× 3 = six